एजेन्सी : चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपालसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न आतुर रहेको बताएका छन् । नेपाल भ्रमणको पूर्वसन्ध्यामा एक आलेख सार्वजनिक गर्दै उनले भ्रमणको क्रममा द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ खाका योजना बनाउन सकिने बताएका हुन् ।
युगौँयुगदेखि हाम्रा दुवै देशका जनताबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै सी ले आगामी दिनमा त्यो थप प्रगाढ हुने विश्वास समेत ब्यक्त गरेका छन् । हिमालय वारिपारिको कनेक्टिभिटी नेटवर्कको निर्माण विस्तारले दुवै देश मात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुने सी को विश्वास छ ।
उनले दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्ने पनि उल्लेख गरेका छन । सी ले नेपाल र चीनविच रणनीतिक सञ्चारलाई प्रगाढ बनाउन नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले व्यावहारिक सहयोगको विस्तार, जनस्तरीय आदान–प्रदानलाई व्यापक पार्नुका साथै सुरक्षासम्बन्धी सहयोगलाई सुदृढ पार्नुपर्ने आवश्यकता औल्याएका छन् । दुवै देशले मैत्रीपूर्ण परम्परालाई अगाडि बढाउने र निरन्तर रूपमा आदान–प्रदान र सहयोगलाई विस्तारले चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याउन सकिने राष्ट्रपति सी को आलेखमा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies