एजेन्सी : टर्कीले सैन्य कारबाही तीव्र बनाएपछि उत्तरी सिरियाका हजारौं बासिन्दा विस्थापित भएका छन् । टर्कीको सेनाले सिमाना नजिकैको दुई शहर तल अब्याद तथा रस अल ऐनमा ठूलो स्तरको सैन्य कारबाही अघि बढाएपछि करिव साठी हजार मानिस बिस्थापित भएका हुन् ।
ति शहरलाई घेराबन्दी गरेर बिहीबार टर्कीले दिनभर हवाई हमला तथा गोलाबारी गरेको छ । सो आक्रमणमा नौ जन गैरसैनिको मृत्यु भएको छ । कुर्द सैनिकले गरेको आक्रमणमा टर्कीतर्फपनि एक शिशु सहित तीनको मृत्यु भएको छ ।
सहायता संस्थाहरुले विस्थापित हुनेको संख्या बढन सक्ने बताएका छन् । आक्रमण जारी रहेमा ति स्थानवाट साढे चार लाख मानिस विस्थापित हुने अनुमान गरिएको छ । टर्कीमाथि आक्रमण रोक्न अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
तर टर्कीले कुर्दिश मिलिसियालाई हटाएर सो क्षेत्रमा सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र बनाउन चाहेको बताएको छ । अमेरिकाले टर्कीका पछिल्ला कदमबाट उब्जिएका समस्या समाधान गर्न सैन्य हस्तक्षेप, आर्थिक प्रतिबन्ध लगाउन या टर्की र कुर्दबीच मध्यस्थता गराउने विकल्प अघि सारेको छ । अमेरिकी सिनेटले भने टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies