मकवानपुर : उत्तरी मकवानपुुरस्थित थाहा नगरपालिकाको केन्द्र मानिने शिखरकोट बजारमा बिहीबार राती अज्ञात समूहले जेसीबी र ट्रिपरमा आगजनी गरेको छ ।
बिहीबार राती करिब सवा ११ बजेतिर शिखरकोटमा पार्किङ गरिराखेको सिर्जना कन्ट्रक्शनको ना १ क ३२४२ नम्बरको जेसीवी र प्रोग्रेशिभ कन्स्ट्रक्शनको बा ३ क १२१५ नं. को ट्रिपरमा आगजनी भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
आगलागीबाट जेसीवी र ट्रिपरको अगाडिको भाग पूरै क्षति भएको छ । आगजनी भएको थाहा पाए पछि स्थानीयले नियन्त्रणमा लिने प्रयास गरेका थिए । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies