राकेश यादव/मध्यान्ह
रौतहट : रौतहट जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गतको सीमावर्ती क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरी एक युवकको हत्या गरेको छ ।
ईशनाथ नगरपालिकाको वड़ा नम्बर ६ घिउरा देखि जयनगर जाने बाटोको क्रान्ति प्राथमिक विद्यालय नजिक बाटोमा गोली हानी हत्या गरिएको हो । भारतबाट तीन जना चढेर आएको मोटर साइकल सड़कमा रोकर उक्त युवकलाइ गोली हानेर पुनः भारत तर्फ भागेको स्थानीयहरुले बताएका छन् ।
घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पपु नायकका अनुसार हत्या गरिएको अन्दाजी २५ वर्षीय युवक भारतीय नागरिक भएको अनुमान रहेको जनाएका छन । युवकको एउटा गोली कन्चट र एक राउण्ड गालामा गोली हानेर हत्या गरेको देखिएको उनले बताए ।
पहिचान खुलने गरी कुनै कागजात फेला नपरेको बताउँदै प्रहरी निरीक्षक नायकले हत्या गर्न प्रयोग गरिएको १ थान गोलिको खोका बरामद भएको जनाए । घटना आइतवार बेलुकी करीव ४ बजेको समयमा भएको हो । घटनामा संलग्न रहेको व्यक्तिको खोजी कार्य शुरू गरिएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies