एजेन्सी : चीनका राष्ट्रपति सी जिनपिङले हङकङमा जारी विरोध प्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन् । नेपाल भ्रमणबाट फर्के लगत्तै उनले विभाजनको प्रयासलाई सफल हुन नदिइने बताएका हुन् ।
चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार राष्ट्रपति सी ले चीन विभाजन गर्ने खोज्ने प्रयास ‘‘किचिएका शरीर र भाँचिएका हड्डीहरू’’मा टुङ्गिने चेतावनी दिएका हुन । हङकङमा आइतवार पनि १९ औं हप्तामा सरकार विरोधि प्रदर्शन भएको थियो ।
प्रर्दशनका क्रममा प्रहरीसँग झडप समेत भएको थियो । प्रदर्शनकारीले यातायात स्टेशन र पसलहरूमा समेत आक्रमण गरेका थिए । सुपुर्दगी सम्बन्धी कानूनको विरोधमा हङकङमा शुरु भएको प्रदर्शनले अहिले सरकार विरोधी रुप लिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies