काठमाडौं : नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले चीनलाई नेपालले दिन सक्ने भनेको सम्मान नै भएको बताएका छन् । मंगलबार संचार केन्द्र नेपालले आयोजना गरेको ‘चिनियाँ रास्ट्रपति सी चिनफिङको नेपाल भ्रमण , उपलब्धि र कार्यान्वयनका चुनौतिहरु’ बिषयक कार्यक्रममा सरकारको तर्फबाट आधिकारिक धारणा व्यक्त गर्दै मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिलाइ भब्य र मनै देखि सम्मान दिइएको बताए ।
नेपाल जस्तो विकासोन्मुख देशले अरु केही दिन नसके नि अतिथी देव भव: लाई आधार मानेर दिएको सम्मानले राष्ट्रपति हर्षित भएको कुरा उनले कार्यक्रममा उल्लेख गरेका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको, हिजोको ‘सपनाहरु आज योजना’मा बदलिन सघाएको उनले बताए ।
उनले भने, ‘ अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन् । जसले अबका केही वर्षहरुभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयमिक सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउनेछ ।’ जस्ले गर्दा देश विकासमा टेवा पुग्नेछ । पाँच वर्षको स्थायी सरकार भएको कारण चीनले विश्वास गरेको बताए । आर्थिक विकाससँग लक्षित दिर्घकालिन सम्भौता भएको र कार्यान्वयन हुनेमा सरकार ढुक्क भएको उनले बताए । नेपाललाई भुजडित राष्ट्रको रुपमा लैजाने सम्माननीय प्रधानमन्त्रीको सपना साकार पार्न चिनियाँ राष्ट्रपतिले पनि साथ र सहयोग गरेको स्मरण गर्दै अब नेपालले थप हौसला पाएको बताए ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएकोले यो भ्रमण ऐतिहासिक र फलदायी भएको मन्त्री बॉस्कोटाको तर्क थियोे । ‘२३ वर्ष अघि चीन अहिलेको चीन थिएन भने नेपालमा पनि अहिलेको राजनीतिक व्यवस्था थिएन , उनले भने –‘जनमतबाट पाँच वर्षको लागि गठन भएको सरकार रहेको बेला सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धी हाँसिल गरेकोछ ।
सीको भ्रमणले नेपाल भित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएको छ।’ सी भ्रमणलाई नेपालको संस्थापनले मात्र नभई आम नागरिक र सबै राजनीतिक दल, सम्पूर्ण जनता र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको दाबी गर्दै मन्त्री बॉस्कोटाले भने , - ‘ हाम्रा विकास निर्माणका योजनाहरुमा, सुख र समृद्धिका अभियानहरुमा हामी साथै रहन्छौं भन्ने दुई देशको राजनीतिक नेतृत्वको बिचमा उच्च हिसाबको विश्वास देखिएको छ ।
’ चीन र दक्षिण एसियासित अब हिमालयमा मानवीय पुल मात्र नभइ भौतिक पुल समेत स्थापित हुनु सुखद पक्ष रहेको मन्त्री बॉस्कोटाको तर्क थियो । ‘सडक सञ्जाल, रेलवे, हवाई, संचार उर्जा यी सब कुराले हाम्रो समृद्ध राष्टहरुबाट छिमेकीले पाउने लाभको हिस्सा पनि हामीले पाउने अनुभूति भएको छ । यद्यपी त्यसमा हामी नै निर्णायक र महत्वपूर्ण हुन्छौं’, कार्यक्रममा मन्त्री बॉस्कोटाले भने ।
कार्यक्रममा आयोजक सञ्चार केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईले महामहिम राष्ट्रपतिको भ्रमणका उपलब्धि कार्यान्वयनका चरणमा लैजानुपर्नेमा जोड़ दिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies