काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई बर्खास्त गरेको छ । विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले बर्खास्त गरेको हो ।
शनिवार भुटान जाने टिमका चार खेलाडी शुक्रबार राति ठमेलस्थित एक डिस्कोमा गएको भेटिएपछि उनीहरुमाथि अनुशासनको कारबाही गरिएको हो । बारबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुदाँ खेलाडीलाई सामान्य चोट समेत लागेको बताइएको छ । कारबाहीमा परेका चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्न नपाउने भएका छन् ।
एन्फाले शनिवार नै उनीहरुको ठाँउमा चार नयाँ खेलाडीलाई भुटान पठाएको छ । नेपालले विश्वकप छनोटको पहिलो होम गेममा मंसिर तीन गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ । काठमाडौंका दशरथ रंगशाला तयार नभएपछि खेल भुटानमा आयोजना गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies