अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको संकट थप सघन र गम्भीर बन्दै गएको छ । युक्रेनका लागि उच्च अमेरिकी अधिकारी रहेका लेफ्टिनेन्ट कर्णेल एलेक्जान्डर भिन्ड्म्यानले ट्रम्प विरुद्ध संसदीय समितिमा बयान दिएका छन् ।
संसदीय समितिको उनले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग अनुचित राजनीतिक माग गरेको बताएका छन् । लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई गरेको टेलिफोन संवाद सुनेका थिए ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संसदीय समितिमा बयान दिएका लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानको तीव्र आलोचना गरेको छ । ह्वाइट हाउसको आधिकारिक ट्वीटर ह्याण्डलबाट उनको तीव्र आलोचना गर्दै अमेरिकाप्रति उनको निष्ठामा शंका व्यक्त गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies