काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’को ओलम्पिक टर्च सात वटै प्रदेशको परिक्रमा गराईने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आज पत्रकार सम्मेलन गर्दै सागको ओलम्पिक टर्च सात प्रदेश लगिने जानकारी दिएको हो ।
काठमाडौंको स्वयम्भुनाथमा शुक्रबार बिहान राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिब रमेश सिलवालले टर्च प्रज्वलन गरेसँगै ओलम्पिक टर्चको परिक्रमा सुरु हुनेछ । टर्च पहिलो दिन काठमाडौंवाट प्रदेश एकको विराटनगर र दोस्रो दिन प्रदेश दुईको जनकपुर पुर्याइने भएको छ । तेस्रो दिन हेटौंडा र चितवन तथा चौंथो दिन लुम्बिनी र बुटवलमा टर्च परिक्रमा गराइने छ ।
त्यसपछि टर्च सुर्खेत, नेपालगञ्ज हुँदै धनगढीमा पुर्याइनेछ । आठौं दिन काठमाडौं आईपुग्ने टर्च नबौं दिन साग उद्घाटन समारोह स्थल दशरथ रंगशालामा पुर्याइने कार्यक्रम छ । टर्च परिक्रमामा सागमा सर्वाधिक स्वर्ण विजेता दिपक विष्ट, एथलेटिक्सका किर्तीमानी खेलाडी बैकुण्ठ मानन्धर, एथलेटिक्सका स्वर्ण विजेता राजेन्द्र भण्डारी, पौडीकी स्वर्ण विजेता नयना शाक्य, बक्सिङका उमेश मास्के सहभागी हुनेछन् ।
त्यस्तै जुडोका देवु थापा, एथलेटिक्सका जीतबहादुर केसी, ज्ञानबहादुर बोहरा, राजकुमारी पाण्डे, कान्छीमाया कोजु, मुकुन्दहरी श्रेष्ठ, सुटिङका टिकाराम श्रेष्ठ र स्वर्ण विजेता दिपक श्रेष्ठको सहभागिता रहने नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले जनाएको छ । १३ औं साग मंसिर १५ देखि १४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies