काठमाडौं : सिन्धुलीगढीको प्रचार–प्रसारलाई सहयोग पुर्याउने उद्देश्यले आजवाट तीन दिने साइकलयात्रा शुरु भएको छ । साइकलयात्राको संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिसरमा साइकल चढेर उदघाटन गरे । साइकल यात्रामा १८ जना महिला सहित २ सय ४ जनाको सहभागिता छ ।
यात्रको शुभारम्भ गर्दै मन्त्री भट्टराईले यात्राले नेपाल भ्रमण बर्ष २०२० को प्रवर्द्धनमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरे । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार वर्षदेखि ‘राइड थ्रु सिन्धुलीगढी’आयोजना गर्दै आएको छ ।
साइकल यात्रा २ सय ५० किलोमिटर दुरी पार गर्दै आठ गते जनकपुर पुगेर समापन हुनेछ । साइकलयात्री पहिलो दिन सिन्धुलीको मुलकोट, दोस्रो दिन सिन्धुलीगढी र तेस्रो दिन जनकपुर पुग्नेछन् । अग्रेज फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबद्र्धन गर्ने अभियानको योजना छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies