एजेन्सी : साउदी अरेबियाले सार्वजनिक होटल तथा रेष्टुरेन्टहरुमा प्रवेशका लागि महिलामाथि गरिएको कडाइलाई खुकुलो पारेको छ । साउदीको ग्रामिण मन्त्रालयले महिलामाथि लगाइएका प्रतिवन्धहरु हटाइको हो ।
सार्वजनिक होटल तथा रेष्टुराँमा परिवारका सदस्यसहित जाने महिलाहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था साउदी सरकारले हटाएको हो । नयाँ ब्यवस्था अनुसार महिलाहरुले जुनसुकै ढोकावाट पनि होटल तथा रेष्टुरेन्टहरुमा प्रवेश गर्न पाउनेछन् ।
यसअघि साउदीमा परिवारका सदस्यबाहेक अन्यसँग होटलमा जान महिलालाई कडाइ गरिएको थियो । दशकौंदेखि महिलामाथि लगाइएको प्रतिवन्ध फुकुवा गरिएकोमा आधिकारकर्मीहरुले खुसी प्रकट गरेका छन् । साउदी सरकारले पछिल्लो समय महिलामाथिका प्रतिबन्ध विस्तारै हटाउदै लगेको छ ।
यसअघि मतदान गर्न पाउने र सवारी चालक अनुमतिपत्र पाउने ब्यवस्था सरकारले गरेको थियो । धार्मिक र कट्टरपन्थी नेताहरुले भने सरकारको सो कदमको विरोध गर्दै आएका छन् । धार्मिक मान्यताविपरीत सरकारले महिलालाई स्वतन्त्रता प्रदान गरेको उनीहरुको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies