न्यूजिल्याण्ड : न्यूजिल्याण्डमा भएको ज्वालामुखी विस्फोटमा एक जनाको मृत्यु भएको छ । उत्तरपूर्वी भेगको ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो । बीस जना मानिस घाइते भएका छन् । अन्य केही सम्पर्कविहीन भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
ज्वालामुखीले एउटा पर्यटक बोकेको डुङ्गामा समेत क्षति पुर्याएको छ । विस्फोट भएको समयमा सो टापुमा करिव ५० जना मानिसहरु रहेको बताइएको छ । प्रधानमन्त्री जसिन्डा अर्डेनले सो घटनालाई निकै ठूलो भनेकी छन् । उद्धार निकायले टापु वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ । सन् २००१ यता सो स्थानमा पहिलो पटक ज्वालामुखी विस्फोट भएको हो ।
ह्वाईट आईल्यान्डमा विगतमा पनि कैयौँ ज्वालामुखी विस्फोटका घटना भएका छन् । यसअघि मानिसहरु भएकै समयमा बिस्फोटको घटना नभएको बताइएको छ । सक्रिय ज्वालामुखी रहेको ह्वाईट आईल्यान्ड न्युजिल्याण्डको पर्यटकीय क्षेत्र हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies