काठमाडौँ : आर्थिक प्रलोभन देखाइ तीन बालिकालाई यौन शोषण गरेको अभियोगमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय अमेरिकी नागरिक जेसन लोयड मुडी रहेका छन् ।
उनले बालिकालाई आर्थिक प्रलोभन देखाउँदै एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा लगेर यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो ।
उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताउँदै प्रहरीले आरोपी बालयौन दूराचारमा समेत संलग्न रहेकाले खुल्न आएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies