काठमाडौं : नेपाल वैदेशिक राेजगार व्यवसायी संघका पूर्व महासचिव नरेश गेलाललाई पितृ शाेक परेको छ । प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्चका पूर्व अध्यक्ष समेत रहेका धापासीस्थित एच आर ईण्टरनेशनल प्रा.लि.का संचालक गेलालका ६३ वर्षीय पिता ईश्वर गेलालकाे ६३ वर्षको उमेरमा मस्तिष्कघातका कारण गएराती निधन भएकाे हाे ।
स्व गेलालकाे मंगलबार बिहान पशुपति आर्यघाटमा धार्मिकविधि अनुसार अन्तष्टि गरिएको छ । स्व गेलालप्रति श्रद्वाञ्जलि व्यक्त गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईसहित ठूलाे संख्यामा वैदेशिक राेजगार व्यवसाय उपस्थित थिए । स्व गेलालका दुई छाेरा र श्रीमती रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies