भक्तपुर : आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले धुमधामका साथ यमरी पून्हि पर्व मनाउँदैं छन् । चामलको पिठोको रोटीभित्र विशेषगरी चाकु राखेर बनाएको विशेष प्रकारको रोटीलाई यमरी भनिन्छ।
सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समूदायले यमरी पून्हिको रुपमा मनाउने गरेको हो । ज्यापु समुदायले आजको दिनलाई ज्यापु दिवसको रुपमा समेत मनाउँदै आएको छ । यमरीको महत्व नेवार समुदायमा यमरीको विशेष महत्व रहेको छ । विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यमरी नभई नहुने पकवान्न मध्ये एक हो ।
यमरी मठ मन्दिर, मानिसको जोडा जन्मदिन जस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको इतिहास तथा संस्कृतिविज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले बताए । यमरीलाई कुवेर र गणेशका प्रतिकको रुपमा लिइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies