धनुषा : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा गएराति बम बिस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साह र उनका छोरा आनन्द साह रहेका छन् ।
दुई जनाको घटनास्थलमै र प्रहरी निरीक्षकको धरानमा उपचारका क्रममा मृत्यु भएको हो । विस्फोटमा प्रहरी जवान रिजन महतो, मृतकका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन् । घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ । घटनामा अन्य २ जना सामान्य घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।
शुक्रबार राति घरको शौचालय नजिकै राखिएको बम बिस्फोट भएको हो । बम हो होइन भन्ने जाँच गर्न प्रहरी पुगे लगत्तै बिस्फोट हुँदा प्रहरी समेत घटनामा घाइते भएका हुन् ।
राजेश्वर साह ऋण लगानी गर्ने साहु भएकाले कसैले हत्या गर्ने उद्देश्यले उनको घरमा बम राखेको अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको धनुषा प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा पर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies