भारत : भारतको उत्तर प्रदेशको फिरोजाबाद नजिकै भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । आगरा लखनउ सडकखण्डमा आज विहान भएको दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।
दिल्लीबाट बिहारको मोतिहारीतर्फ गैरहेको बस र विपरित दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमध्ये १३ जना बसका यात्रु र एक जना ट्रकका चालक रहेका छन् ।
दुर्घटनामा परेको बसमा ५० यात्रुहरु चढेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । तर तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies