काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखी पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदै छ ।
पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । उच्च अदालतले लामिछानलेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।
लामिछानेलाई विदेश जान रोक र पीडित पक्षसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सम्पर्क गर्न रोक लगाउँदै उच्च अदालतले सो आदेश जारी गरेको थियो ।
उच्च अदालतको आदेश महान्यायाधीवक्ता कार्यालयले उच्च अदालतको सो आदेश मुलुकी फौजदारी कार्यविधि संहीता, २०७४ को दफा ६७ को मर्म, विपरित भएको भन्दै सो आदेश उल्टाई जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै रिट दायर गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies