काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले न्यायिक प्रक्रियामा रहेको विषयलाई भ्रमपूर्ण तरिकाले प्रचार गरिएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीसहितले वैदेशिक रोजगार न्यायाधिकरणले गरेको छ महिनाभन्दा पुरानो फैसलामा सर्वोच्च अदालतमा पुनरावेदन गरी मुद्दा विचाराधीन रहेको सम्बन्धमा मंगलबार समाचार सार्वजनिक भएका थिए । त्यसलगत्तै संघले प्रेस विज्ञप्ति जारी गर्दै न्यायाधिकरणको फैसलाका विषयमा सर्वोच्च अदालतमा पुनरावेदन गरी मुद्दा विचाराधीन रहेको अवस्थामा त्यसलाई प्रभावित तुल्याउने र अनुचित सन्देश प्रवाह हुने गरी प्रचारप्रसार गरिनु दुःखद विषय भएको जनाएको छ ।
त्यसैगरी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका अध्यक्ष जनक रावलले पनि सर्वोच्चमा विचाराधीन मुद्दाको विषयलाई लिएर संघका अध्यक्ष भण्डारीमाथि लिखित आक्रमण गर्नु सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीमाथिको प्रहार भएको बताएका छन् ।
करिब एक वर्ष अगाडि न्यायाधिकरणले फैसला गरेको भएपनि फैसलाअनुसार नै सर्वोच्च अदालतमा संघका अध्यक्ष भण्डारीले व्यक्तिगतरूपमा अपिल गरेको विषयमा यथार्थ जानकारी नलिई समाचार सम्प्रेषण गर्नु अनुचित रहेको अध्यक्ष रावलले उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies