काठमाडौंः ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जरी शाक्य बज्राचार्यले पानीको व्यवस्थापन र स्रोत संरक्षणबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने बताएकी छिन् ।
बुधबार पानी दिवसको अवसरमा इन्भाइरोमेन्ट सोलुसन एन्ड रिसर्च सेन्टर इसोर्स, अर्गनाइजेसन अफ वमन साइन्टिस्ट नेपाल र विज्ञान शिक्षक समान नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा बज्राचार्यले संविधानमै स्पष्ट उल्लेख गरिएको खानेपानी, सरसफाइ र स्वच्छताको विषयबारे विद्यालय तहबाटै विद्यार्थीलाई जानकारी दिनुपर्ने बताइन् ।
उनले ललितपुर महानगर सो विषयमा तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् । बज्राचार्यले महानगरले २९ वटा वडामा सार्वजनिक शौचालय निर्माण गर्न लागेको पनि जानकारी दिइन् ।
यसैगरी पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाहले स्थानीय तह र विद्यालय स्तरलाई खानेपानी सरसफाइ र स्वच्छताबारे जानकारी दिन जरुरी रहेको बताए । कार्यक्रममा विज्ञान शिक्षक संघका अध्यक्ष मनोज आचार्यले खानेपानी सरसफाइ र स्वच्छताका विषयमा विद्यालय स्तरलाई जानकारी दिनका लागि पहल गर्ने बताए ।
कार्यक्रममा काठमाडाैं उपत्यकाभित्रका उत्कृष्ट १० विद्यालयाबीच जलवायु परिवर्तन, लैङ्गिक समावेशी र सरसफाइका विषयमा वक्तित्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा बौधेश्वरी स्कूल प्रथम भएको थियो ।
यस्तै विश्व निकेतन स्कूल दोस्रो र बुढानिलकण्ठ स्कूल तेस्रो बनेका थिए । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो भने अन्य सहभागी स्कूललाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies