काठमाडौं : नेपालमा आगामी वैशाख ५ देखि १८ गते (अप्रिल १८ देखि मे २) सम्म आयोजना हुने एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
बिहीबार एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । उद्घाटन खेलमा नेपालले टियु मैदानमा वैशाख ५ गते अर्थात अप्रिल १८ मा मलेसियासँग खेल्ने छ । नेपालले दोस्रो खेल वैशाख ८ गते अर्थात अप्रिल २१ मा ओमानसँग टियुमा खेल्नेछ ।
नेपालले वैशाख ११ गते अर्थात अप्रिल २४ मा साउदी अरेबियासँग मुलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ गते अर्थात अप्रिल २७ मा कतारसँग टियुमा खेल्नेछ ।
सेमिफाइनल खेल वैशाख १६ गते अर्थात अप्रिल २९ मा हुनेछ । फाइनल खेल वैशाख १८ गते अर्थात मे १ मा टियुमा हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानका लागि वैशाख १७ गते अर्थात अप्रिल ३० मा खेल हुनेछ ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछन् ।
खेल तालिका :
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies