काठमाडौं : नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिने घोषणा गरेका हुन् ।
केन्द्रीय सत्ता समीकरणमा माओवादी केन्द्रले एमालेलाई धोका दिएर समीकरण फेरेको आरोप लगाउँदै थपलियाले सरकारबाट बाहिरिनु परेको उल्लेख गरे।
करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उनले दाबी गरे ।
उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा रहने भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies