काठमाडौं : 'टोखा श्रष्टा सम्मान तथा विशेष कवि गोष्ठी २०७९' सम्पन्न भएको छ । शुक्रबार टोखा नगरपालिका वडा नं. ९ को प्रायोजन/सहकार्य एवम् संसाक मासिकको आयोजनामा श्रष्ट सम्मान तथा विशेष कवि गोष्ठी वडा नं. ९ को सभाहलमा सम्पन्न भएको हो ।
टोखा न.पा. वडा नं. ९ का वडाध्यक्ष रामभक्त घिमिरेको सभापतित्व तथा प्रज्ञा प्रतिष्ठानका पूर्वसचिव प्राज्ञ जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संसाक मासिकका अध्यक्ष उमेश पाण्डेले सञ्चालन गरेका थिए ।
वडा नं.९ का पूर्व वडाध्यक्ष तथा साहित्यकार जे.पी. नेपालको स्वागत मन्तव्यपछि प्रमुख अतिथि उपाध्यायले कार्यक्रमको समुद्घाटन गरेका थिए ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र डा. शैलेन्दुप्रकाश नेपाल विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा टोखा नगरपालिकाभित्रका १० जना र टोखा नगरपालिका बाहिरका १० जना श्रष्टालाई टीकामाला, प्रमाणपत्र, दोसल्ला ओढाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा ४४ जना श्रष्टाले आ-आफ्ना कविता वाचन गरेका थिए । वाचक श्रष्टाहरूलाई समेत खादा ओढाई डायरी र नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले कवि तथा साहित्यकारहरू देशका गौरव भएको बताउँदै सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies