तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : पहिलो पटक आफ्नो मन चोर्ने युवालाई जीवन बैना माग्ने कथालाई 'बैना हजुर' गीतका सर्जक तथा गायक शिरीष देवकोटाले सलल बगाएका छन् । 'तिमीले जोवन बैना दिए जुनी भर नबिर्सने' भनेर एक अर्कालाई फकाउँदै जीवन काट्न मिल्ने गरी एकै मालामा सर्जकले शब्दमार्फत उनेका छन् ।
राजधानीमा भारी बोक्ने एक युवाको प्रेम कहानी बोलेको म्युजिक भिडियोमा अनु साहलाई मन पराउने दिक्पाल कार्कीले उनलाई पाउन गरेको संघर्ष, साथ सहयोगको कथालाई देखाइएको छ । उक्त ‘बैना हजुर’ लोकदोहोरी गीतको म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट भ्यालेन्टाइन डेको दिन पारेर बुधबार सार्वजनिक गरिएको हो ।
बिन्ध्यवासिनी म्युजिकको प्रस्तुतिमा देवकोटा र चर्चित गायिका सुनिता बुढा मगरले आवाज भरेको गीतको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा रंगरोगन गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies