आबिद हुसेन/मध्यान्ह
बारा- बाराबाट प्रहरीले तस्करीको आशंकामा झण्डै दुई करोड रुपैयाँ मुल्यको सूर्तीसहित दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको दुईवटा ट्रकबाट प्रहरीले तस्करीको आशंकामा १ करोड ९७ लाख ३६ हजार ३ सय ७६ रुपैयाँ मुल्य बराबरको सूती बरामद गरेको हो ।प्रहरीले उक्त सुर्ती लोड गरिएको दुवै ट्रकपनि नियन्त्रणमा लिएको छ ।
बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार , आइतबार वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेका ना ६ ख ७६७ र ना ८ ख ९४ नम्बरको ट्रक प्रहरी चौकी पथलैयाबाट खटिएकोे प्रहरी टोलीले पथलैयामा रोकेर चेकजाँच गरेकोे थियो । त्यसक्रममा ना ६ ख ७६७ नम्बरको ट्रकबाट १ करोड ३३ लाख ९९ हजार ८४८ रुपैयाँ मुल्यको ३ सय ५६ बोरा र ना ८ ख ९४ नम्बरको ट्रकबाट ६३ लाख ३६ हजार ५२८ रुपैयाँ मुल्यको ३२० बोरा सुर्ती बरामद भएको न्यौपानले जानकारी दिए । ट्रकमा लोड रहेको सुर्तीको बिलबिजक शंकास्पद भेटिएपछि नियन्त्रणमा लिइएको उनले बताए ।
सुर्तीसहित नियन्त्रणमा लिइएका दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies