ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको मध्य क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिका वडा नं. ७ रोडिकोटका निपेन्द्र छत्याल यतिबेला ब्लड क्यान्सर भएर काठमाडौंको केएमसी अस्पतालमा उपचाररत छन् ।
२० वर्षको कलिलो उमेरमा ब्लड क्यान्सरबाट पीडित उनलाई नेपालमा उपचार सम्भावना नहुने अस्पतालले बताएको छ । आर्थिक अभावका कारण उनलाई भारत लैजान नसकिएको परिवारले बताएको छ ।
उनलाई उपचारका लागि सहयोग गरिँदिन दाइ माइकल मल्लले बताए । दाइ मल्लले उपचारका लागि हालसम्म करिब ६ लाख खर्च भइ सकेको बताए ।
अहिले उपचार भइरहेपनि नेपालमा उपचार सम्भव नरहेको डाक्टरहरु बताएका दाजु मल्लले बताए । पैसा अभावमा अस्पतालबाट बाहिर ल्याउन समेत नसकेको उनले बताए । बोनम्यारो प्रत्यारोपण गर्नुपर्दा उपचार गर्दागर्दै सबै सम्पत्ती सकिएको छत्यालका बाबु विष्णु छत्यालले बताए ।
बाहिर देश लैजाँदा ४० देखि ४५ लाख रुपैयाँ लाग्ने डाक्टरहरुले बताएको बाबु विष्णुले बताए । उनले छोरालाई उपचारका लागि सहयोग गरिदिँन आग्रह गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies