इटहरी : सुनसरीको इटहरीमा रहेको महिला जागरण नेपालले स्थापना दिवसको अवसरमा बृहत् आँखा शिविरको आयोजना गरेको छ । इटहरी–५ मा ८ वर्षअघि स्थापना भएको जागरण नेपालले सामाजिक सेवामा रहेर विभिन्न कार्य गर्दे आएको छ ।
इटहरीस्थित नवदृष्टि आँखा अस्पतालसँगको सहकार्यमा आयोजित शिविरमा १ सय ५८ जना सर्वसधारणको आँखा परीक्षण गरिएको संस्थाकी अध्यक्ष कमला अधिकारीले बताइन् ।
नवदृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ राकेश थापाको संयोजनमा गरिएको परीक्षणमा १२ जना मोतियाबिन्दुका रोगी फेला परेका थिए । यस्तै ४ जना सर्वसधारणको आँखामा परीक्षणका क्रममा मासु पलाएको भेटिएको अस्पतालले जनाएको छ ।
शिविरमा २५ जना आँखाका बिरामीहरूलाई सहुलियतरुपमा चस्मासमेत वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । शिविरमा इटहरीका ५, ६, १, २०तथा १७ नम्बर वडाका सर्वसाधारणहरुले सहभागिता जनाएको संस्थाले जनाएको छ ।
पछिल्लो समय नवदृष्टिले समुदायमा आधारित भएर आँखा परीक्षण गर्ने कार्यलाई तीव्रता दिएको छ । पूर्वी नेपालमा क्रियाशील विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा एक महिनाको अवधिमा खोटाङ, उदयपुरको गाईघाट, मोरङको बेलबारी, शुन्दरहरैंचा तथा इटहरीका विभिन्न वडाहरूमा निःशुल्क आँखा शिविरको आयोजना गरी २ हजारभन्दा बढी सर्वसाधारणको आँखा परीक्षण गरिएको अस्पतालका संस्थापक विजय गौतमले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies