सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको मधुवन नगरपालिकामा विद्यार्थी र समुदायलाई व्यवहार परिवर्तनका लागि सचेतना कार्यक्रमको थालनी गरिएको छ ।
मानव–वन्यजन्तु सहअस्तित्व कायम राख्न, व्यवहार परिवर्तनका लागि सचेतना कार्यक्रम थालिएको हो । मधुवन नगरपालिकाको आर्थिक सहयोग, डिभिजन वन कार्यालय बर्दियाको सहकार्य र खाता सामुदायिक वन समन्वय समिति मधुवन बर्दियाको आयोजनामा कार्यक्रम शुभारम्भ गरिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुलाई मानव–वन्यजन्तुबीच सहअस्तित्व कसरी कायम गर्ने, वन्यजन्तुका आनिवानी, र वन्यजन्तुबाट बच्ने उपाय र राहत निर्देशिका २०८० का बारेमा जानकारी गराउँदै लागुऔषध, चेलिबेटी बेचविखन, बालविवाह न्यूनीकरण गर्न अभिभावकको भूमिकाका बारेमा जानकारी गराइने अध्यक्ष गुरुङले बताए ।
भारतीय जंगल तथा सामुदायिक वनक्षेत्र नजिक रहेका विद्यालय र समुदायलाई लक्षित गरी मधुवन नगरपालिका ७ वटा वडाहरुमा कार्यक्रम सञ्चालन गरिनेछ ।
व्यवहार परिवर्तन सचेतना कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय बर्दिया, ईलाका प्रहरी कार्यालय ढोढरी, वी ग्रुप र खाता सामुदायिक वन समन्वय समितिका प्रतिनिधिहरुले गर्ने आयोजकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies