काठमाडौं : ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।
आइतबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित एक टिनले छाएको टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies