सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री चेतनारायण आचार्यले शितगंगा नगरपालिका वडा नं. ६ मा वैशाख १८ गते आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आगलागी क्षेत्रको स्थलगत अवलोकन तथा पीडितहरुसँग भेटघाट गर्दै मन्त्री आचार्यले आगलागी पछिको पुनर्स्थापना र अन्य राहत सामग्री सहयोगमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री आर्चायले शितगंगाका आगलागी पीडित घरपरिवाको विवरण र क्षतिको विवरण तुरुन्त मुचुल्का गरी सिफारिस गर्न इलाका प्रहरी कार्यालय ठाडालाई निर्देशनसमेत दिए ।
मन्त्री आचार्यले अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीलाई भेट गरी जिल्लाका पीडितहरुलाई छिटो राहत उपलब्ध गराउन सबै प्रक्रिया समयमै सम्पन्न गर्न अनुरोध गरिसकेको पनि जानकारी दिए । गत १८ गते जंगलबाट सल्किएको आगोले ७ वटा घरमा पूर्ण क्षति गरेको थियो भने ५ घरमा आंशिक क्षति गरेको थियो ।
जिल्लाको भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका र मालारानी गाउँपालिकामा आगलागीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्न गृह जिल्ला आएका मन्त्री आचार्यले कोही पनि जनता खुला आकाशमुनि बस्न नपर्ने गरी प्रदेश सरकारले काम गरिरहेकाले सबै तहका सरकारहरु मिलेर पीडितहरुको आवास निर्माणमा जुट्नुपर्ने बताए ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आगलागीका कारण ४ सयभन्दा बढी घर पूर्णरुपमा क्षति भएको बताउँदै मन्त्री आचार्यले प्रदेश सरकारबाट दिइने राहत तत्काल उपलब्ध गराउने गरी काम गर्न अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएको पनि जानकारी दिए । उनले वडास्तरबाट हुने सिफारिस कार्य छिटो भएमा प्रदेश सरकारले तत्काल राहात उपल्बध गराउने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies