तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : लमजुङ सेवा समाज कतारले रमाइलो वनभोज कार्यक्रम सम्पन्न गरेको छ । अल समालमा रहेको कृषि फर्ममा आयोजित उक्त कार्यक्रममार्फत समाजले सदस्यतासमेत विस्तार गरेको छ । स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै कार्यक्रममा विक्रम सम्बत २०८१ सालको क्यालेन्डर विमोचन गरिएको थियो ।
समाजका अध्यक्ष विनोद प्रसाद बसौला को सभापतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले समाजले सदैव फरक र प्रशंसनीय कार्य गर्ने गरेको बताए । उपस्थित सहभागीहर मध्येबाट लक्की ड्रमार्फत पाँच जनालाई उपहार प्रदान गरिएको थियो । सो अवसरमा तमु समाज कतारले लमजुङ सेवा समाजलाई माइती स्वरूप कोसेली हस्तान्तरण गरेको थियो ।
लमजुङ जिल्लाबाट रोजगारी तथा व्यवसायका सिलसिलामा कतारमा रहेका लमजुङवासीहरूलाई समेट्ने उद्देश्यले आयोजित वनभोज कार्यक्रममा जिल्लाका लम्जुङेहरुको बाक्लो उपस्थिति रहेको थियो । समाजका द्वितीय उपाध्यक्ष विनोद थापा मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभापति बसौलाले कतारमा रहेका सबै लम्जुङेहरुलाई समाजमा आबद्ध हुन् आग्रह गरे ।
महासचिव रवीन्द्र भण्डारीले सहजीकरण गरेको कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतका जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत जिल्ला संस्थाका अध्यक्षहरु पदम गिरी, निराजन गौतम, रघुनाथ शर्मा, अगन्धर देवकोटा, घनश्याम जैसी तथा तमु समाज कतारकी अध्यक्ष टौमाया गुरुङको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक डिलराम गुरुङ, संरक्षक पूर्णबहादुर पोखरिया, संरक्षक नवराज नखोला, प्रमुख सल्लाहकार सिताराम थापा, सल्लाहकारहरु कर्म गुरुङ, रविन्द्र गुरुङ, कर्ण तामाङ, राजु पौडेल तथा पूर्वसल्लाहकारहरु युद्ध जङ गुरुङको पनि उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies