सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँची धारापानीका आगलागी पीडित विद्यार्थीलाई झोला वितरण गरेको छ ।
पहिलो पाइला नेपालद्वारा सञ्चालित‘रु.१ अभियान’बाट बुटवल शाखाले भूमिकास्थान नगरपालिका–३ धारापानीमा वैशाख ८ गतेको आगलागी पीडित परिवारका विद्यार्थीलाई झोला, कापी, पेन, खाजा बोक्ने टिफिन, कोल्गेट, रुमाल लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।
सो अवसरमा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, ३ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, अन्नपूर्ण माविका अध्यक्ष नारायणप्रसाद भुसाल, प्र.अ सुवासचन्द्र बन्जाडे, पहिलो पाइला बुटवल शाखाका उपाध्यक्ष सन्तोष बन्जाडे, भूमिकास्थान युवा संजालका संयोजक टेकराज भुसाल, संस्थाका सहकोषाध्यक्ष नरेश न्यौपाने, कार्यसमिति सदस्य गौरव खनाल, सुवास भट्टराई, रुद्र खनालले २२ जना आगलागी पीडित परिवारका विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै भूमिकास्थान नगरपालिकाका प्रमुख थापाले वर्षायाम अगावै आवासविहीन परिवारलाई आवासको प्रबन्ध गर्ने बताए ।
भूमिकास्थान–३ का वडाध्यक्ष बन्जाडेले आगलागीले वडामा अकल्पनिय क्षति भएको बताउँदै पीडितहरुलाई आवश्यकताको आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण गरिएको बताए ।
संस्थाका बुटवल शाखा उपाध्यक्ष बन्जाडेले पहिलो पाइला नेपालद्वारा आकस्मिक घटनामा सहयोग उपलब्ध गराउने हेतुले सञ्चालित रू.१ अभियान बुटवल शाखाद्वारा सञ्चालन गरी भाग्य बोक्ने झोला र शैक्षिक सामग्री उपलब्ध गराएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies