काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि २ खेल हुँदै छन् । दुवै खेल एन्फा मैदान सातदोवाटोमा हुने छन् । यसअघि लिगका सातौं र आठौं चरणका खेलहरु दशरथ रंगशालामा सञ्चालन गर्ने गरि अखिल नेपाल फुटबल संघ एन्फाले कार्यतालिका सार्वजनिक गरेपनि लगातारको वर्षाका कारण रंगशालामा प्रतियोगिता सञ्चालन गर्न नसकिने भएको हो ।
प्रतियोगिता अन्तर्गत आज मध्यान्ह १२ बजे न्युरोड टिम एनआरटी र विभागीय क्लब एपीएफ आमने सामने हुने छन् । जारी लिगमा एनआरटी आठौं तथा एपीएफ बाह्रौं स्थानमा छ । यस्तै दिउँसो तीन बजे फ्रेण्ड्स र सरस्वती आमने सामने हुने छन् । यी दुवै टिम लिगको पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies