काठमाडौं : मलेसियाले वृद्धि गरेका कामदारको न्यूनतम तलव कार्यान्वयन भए नभएको आगामी फेब्रुअरी महिनाको अन्तिममा एकिन हुने भएको छ । मलेसियाले अंग्रेजी सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी कामदारको मासिक न्यूनतम तलव १२ सय रिंगिट कायम गरेको त्यहाँका सञ्चार माध्यममा आएपनि फेब्रुअरी महिनादेखि मात्र पूर्ण रुपमा कार्यान्वयनमा आउने त्यहाँको राजपत्रमा उल्लेख छ ।
जनवरी अघिसम्म मलेसियामा स्वदेशी तथा आप्रवासी दुवै कामदारहरुको न्यूनतम तलव ११ सय रिंगिट कायम गरिएको थियो । मलेसियामा स्थानीय तथा विदेशी दुवै कामदारको न्यूनतम तलवमा भेदभाव छैन ।
मलेसियाका केही कम्पनीहरुले भने बढेको तलव जनवरी महिना देखि नै कार्यान्वयन गरिरहेका छन् । वृद्धि भएको तलव मलेसियाका सबै ५७ वटा शहर तथा नगर परिषद् अन्तर्गतका उद्योग प्रतिष्ठानहरुमा लागू हुने छ । नयाँ प्रावधान अनुसार कामदारहरुले फेब्रुअरीबाट मासिक न्यूनतम १२ सय रिंगिट तलव पाउने छन् । जस अनुसार प्रतिघण्टा ५ दशमलव ७७ रिंगेट अर्थात् १ सय ६२ रुपैयाँ तलव पाउने छन् ।
हप्ताको ६ घण्टाका दरले काम गर्ने कामदारले ४६ दशमलव १५ रिंगिट, हप्तामा ५ घण्टा काम गर्ने भए प्रतिघण्टा ५५ दशमलव २८ रिंगिट र हप्ताको ४ घण्टा काम गर्ने भए प्रतिघण्टा ६९ दशमलव २३ रिंगिट तलव पाउने छन् । मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले फेब्रुअरी महिनाको २८ तारिखको प्रतिक्षा रहेको भन्दै त्यसपछि तलव कार्यान्वयन सम्बन्धमा थप निर्णय लिने बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies