काठमाडौं : सन् २०१९ मा वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपाली कामदार मध्ये ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुने ४२ जनामा ३१ जना पुरुष र ११ जना महिला कामदार रहेका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार एक तिहाई भन्दाबढीले हृदयघातका ज्यान गुमाएका छन् । हृदयघात भई मृत्यु हुने कामदारहरुको संख्या १५ रहेको छ ।
मृतकमध्ये सडक दुर्घटनामा बाट ५, कार्यस्थलको दुर्घटना र आत्महत्याबाट ३ जना, आगलागीमा परि ४ जना, परस्पर झगडाबाट एक जनाको मृत्यु भएको छ । मृत्युको कारण नखुल्ने कामदारको संख्या ७ रहेको छ । कुवेतमा घरेलु कामदारको रूपमा जाने नेपालीहरूको संख्या धेरै छ । कुवेतमा गतवर्ष संस्थागत रुपमा १५ हजार र अन्य तरीकाबाट गरी करिब २६ हजार नेपाली वैदेशिक रोजगारीका लागि पुगेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies