काठमाडौं : गतवर्ष सञ्चालन गरेको ‘गुड फर ब्याक’ कार्यक्रमबाट अपेक्षित रुपमा अवैध रुपमा बसीरहेका विदेशी कामदार घर नफर्किपछि मलेसियाले यस वर्ष नयाँ कार्यक्रम ल्याउने भएको छ । मलेसियाले गतवर्ष अगस्ट देखि गत डिसेम्बर ३१ सम्म अवैध आप्रवासी कामदार घर फर्काउन गुड फर ब्याक कार्यक्रम घोषणा गरेको थियो ।
त्यस कार्यक्रमबाट पनि मलेसियामा बसेका सबै अवैध कामदार घर नफर्किएपछि यस वर्षपनि कार्यक्रम सञ्चालन गर्ने त्यहाँका गृहमन्त्री मुहियिद्धिन यासिनले बताएका छन् । तर कार्यक्रमको स्वरुपबारे अन्य सरोकारवाला मन्त्रालयहरुसँग छलफल गरेर सार्वजनिक गरिने उनको भनाइ रहेको छ ।
मलेसियाका नेपाली कामदार करार अवधि सकिनासाथ घर फर्किने आप्रवासी कामदारको वर्गमा पर्ने गरेका छन् । गत वर्षसम्म १२ हजारको हाराहारीमा अवैधानिक रुपमा रहेका नेपाली कामदार गुड फर ब्याक कार्यक्रममा सहभागी भई आठ हजारको हाराहारीमा घर फर्किई अझै ४ हजार अवैध रुपमा बसी रहेको अनुमान गरिएको छ । मलेसियाली गृहमन्त्री यासिनले अटेर गरी बस्ने अवैध आप्रवासी कामदार विरुद्ध कडा कानूनी प्रबन्ध गर्ने संकेत दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies