काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सभामुखका उम्मेदवार बनाइएका अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रीट दायर गर्दै तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।
काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । मुद्दाको पेसी भने यही माघ २२ गतेका लागि तोकिएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रीटमा सापकोटालाई सभामुखमा निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्नुपर्ने जिकिर गरिएको छ ।
सापकोटा सभामुखका एक्ला उम्मेदवार हुन् । फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उम्मेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्ने आदेश पनि माग गरिएको छ ।
त्यस्तै, अनुसन्धानका लागि प्रस्तुत गर्न, लामो समयसम्म सापकोटालाई गिरफ्तार नगरेको भन्दै सम्बन्धित प्रहरीहरुलाई अदालतको अवहेलनामा कारबाही गर्न पनि रीटमा माग गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies