सिरहा÷मस– दिप फाउन्डेन्शनले सिरहा नगरपालिका वडा नं. १९ सन्हैठाको मुसहर वस्तीमा कपडाको अभावमा रहेका दलित परिवारलाई शुक्रबार कपडा तथा मिठाई वितरण गरेको छ । चिसो बढेसँगै कपडाको अभावमा रहेका दलित परिवारलाई सहयोग गर्ने तथा न्यानो कपडा पुर्याउने उद्देश्यले करिब एक महिना पहिला उक्त फाउन्डेशनले सिरहामा कपडा बैंक स्थापना गरिएको थियो ।
सोही कपडा बैंकमा विभिन्न व्यक्ति, व्यापारी, कर्मचारी लगायत विभिन्न संघ संस्थामार्फत संकलित कपडा तथा बमबम स्वीर्टस सिरहाले उपलब्ध गराएको मिठाई सिरहा नगरपालिका वडा नं. १९ सन्हैठा स्थित मुसहर बस्तीमै पुगेर फाउन्डेशनले कपडा र मिठाई वितरण गरेको हो ।
उक्त वितरण कार्यक्रममा दिप फाउन्डेशन सिरहाका अध्यक्ष तथा सञ्चारकर्मी सुरेन्द्र कुमार कामती, कार्यकारी निर्देशक जितेश कर्ण, सचिव दिपेन्द्र कुमार यादव, सहसचिव तथा सामुदायीक सेवा केन्द्र सिरहाका सचिव शम्भु साह, कोषाध्यक्ष अरुण गुरमैता, समाजसेवी सोनु कुमार महरा, मध्यान्ह दैनिकका जिल्ला संवाददाता तथा अपन दैनिकका प्रकाशक सम्पादक शुभ नारायण कामती, प्रधान सम्पादक अनिरुद्र ठाकुर लगायत स्थानीय बुद्धिजिवी, समाजसेवी, विभिन्न राजनितीक दलका प्रतिनिधि लगायतको उपस्थितिमा कपडा र मिठाई वितरण गरेको फाउन्डेशनका कार्यकारी निर्देशक जितेश कर्णले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies