लमजुङ : ‘कुन्छाली सेवा समाज’ले ६ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । लमजुङ जिल्लाको साविक कुन्छा गाविस, हाल सुन्दरबजार नगरपालिका वडा नं १ र आसपास स्थायी ठेगाना भई हाल काठमाडौंमा रहेका कुन्छाली तथा शुभचिन्तकहरुको संस्था ‘कुन्छाली सेवा समाज’ले शनिबार बालाजु बाईसधारामा आयोजना गरेको बनभोज कार्यक्रमको अवसरमा ६ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
सम्मानित जेष्ठ नागरिकहरुमा तुलसी प्रसाद कोइराला, राम कुमार श्रेष्ठ, सूर्य विलास सेढाई, सुमन गौली, शिव कुमार अधिकारी, सावित्री सिंह र शिव राज गौली रहेका छन् । साथै समाजले संस्थाका ४३ जना आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र र मायाको चिनो स्वरुप संस्थाको लोगो अंकित कप वितरण गरेको समाजका अध्यक्ष बद्रीनाथ कोइरालाले जानकारी दिए ।
कार्यक्रममा मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, नेपाल सरकारका पूर्व सचिव उदय राज सोती, समाजका सचिव समेत रहेका कानून व्यवसायी देबेन्द्र कोइराला, पूर्व प्रहरी निरीक्षक अग्नी कुमार श्रेष्ठ, व्यवसायी नारायण तारा श्रेष्ठ, इन्दिरा अधिकारी, कृष्णमान श्रेष्ठ, सन्तोष बस्नेत, रत्नकुमार श्रेष्ठ, सन्दिप मल्ल लगायतलाई संस्थाको आजिवन सदस्यताको प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चालन गरिएको विभिन्न खेलहरुमा भएका विजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको अध्यक्ष कोइरालाले बताए ।
समाजका सचिव देवेन्द्र कोइरालाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कृष्णमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । ५ वर्षअघि गठन भएको कुन्छाली सेवा समाजले समय समयमा यस्ता जमघट, बनभोज, तिज कार्यक्रम, शुभकामना आदानप्रदान लगायत कुन्छालीहरुका बीचमा आपसी सहयोग र समन्वयको कामहरु गर्दै आएको सचिव कोइरालाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies