कैलाली : सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सुदूरपश्चिम प्रदेश समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिवार धनगढीमा आयोजना गरिएको कार्यक्रममा २२ जना इन्जिनियरहरूले रक्तदान गरेका छन् ।
संस्थाको सामाजिक दायित्व अन्र्तगत रहेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका नवनिर्वाचित सचिव इन्जिनियर अरुण जोशीले जानकारी दिए ।
लोकतान्त्रिक इन्जिनियरहरूको छाता संगठनको रुपमा रहेको सिडेनले प्रादेशिक समिति गठन गर्ने कार्यको समेत शुरुवात गरेको छ ।
प्रदेश स्तरमा इन्जिनियरहरूको हकहित संरक्षण, पेशागत दक्षता अभिवृद्धि गर्नका लागि प्रादेहिक समिति गठन गर्न थालिएको हो । संस्थाले सामाजिक रुपमा आफ्नो दायित्व निर्वाह गर्ने कार्य स्वरुप पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
इन्जिनियरिङ समाजको सर्वोपरी हितका साथै अन्य आगामी दिनहरूमा सामाजिक कार्यलाई पनि निरन्तरता दिने सचिव इन्जिनियर जोशीले प्रतिबद्धता व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies