काठमाडौँ : मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । नेप्से परिसूचक घटेपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो ।
५ कारोबार दिनयता बजार लगातार घटेको छ । कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोड र आज ४ अर्ब ४१ करोडमा खुम्चिएको छ ।
८५ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने १० को स्थिर रह्यो । व्यापार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटेल समूह ०.२८ प्रतिशत बढे । बैंकिङ ०.१५, विकास बैंक ०.५२, फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, लगानी ०.७९, जीवन बीमा १, निर्जीवन बीमा ०.१९ प्रतिशत घटेका छन् ।