२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

३८ प्रतिशत बढीले बढ्यो बैंकिङ क्षेत्रको नाफा, सबैभन्दा अगाडि नबिल

ADV
मध्यान्ह
२०८१ मंसिर २५ गते २१:१२
३८ प्रतिशत बढीले बढ्यो बैंकिङ क्षेत्रको नाफा, सबैभन्दा अगाडि नबिल

काठमाडौं : चालु आर्थिक वर्षको असोज महिनाको तुलनामा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८ प्रतिशत बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असोज महिनाको तुलनामा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८.२ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७९/०८० को अन्तिम महिना असारको तुलनामा गत आर्थिक वर्षको अन्तिम महिना असारमा ८.८१ प्रतिशतले घटेको बैंकिङ क्षेत्रको नाफामा पछिल्लो समय सुधार भएको राष्ट्र बैंकद्वारा प्रकाशित तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७८/०७९ को असारको तुलनामा आर्थिक वर्ष ०७९/०८० को असारमा बैंकिङ क्षेत्रको नाफा ६.७९ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको असोजमा बैंकिङ क्षेत्रले १८ अर्ब १० करोड ७० लाख रूपैयाँ नाफा आर्जन गरेकोमा कात्तिकमा सो नाफा वृद्धि भएर २४ अर्ब ९९ करोड १० लाख रूपैयाँ पुगेको छ । जसमा वाणिज्य बैंकतर्फको ग्लोबल आइएमई बैंक, विकास बैंकतर्फ नारायणी, कर्णाली, एक्सेल, कर्पोरेट, सिन्धु, साल्पा, सप्तकोशी र ग्रिन डेभलपमेन्ट बैंंकको वित्तीय विवरण भने समावेश छैन । त्यस्तै, फाइनान्स कम्पनी अन्तर्गत नेपाल फाइनान्स सहित अन्य ९ वटाको समेत वित्तीय विवरण समावेश छैन ।

सार्वजनिक वित्तीय विवरणमध्ये वाणिज्य बैंकतर्फको नाफा २२ अर्ब २९ करोड ९० लाख, विकास बैंकको दुई अर्ब तीन करोड ७० लाख र फाइनान्स कम्पनीको ६५ करोड ६० लाख रूपैयाँ छ । वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा धेरै अर्थात् दुई अर्ब ६९ करोड १० लाख ४० हजार रूपैयाँ नाफा गरेको छ ।

त्यस्तै, कात्तिकमा एनआइएमबी बैंकले १ अर्ब ८२ करोड २० लाख ९० हजार, प्राइम बैंकले १ अर्ब ६६ करोड ४४ लाख, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख एनएमबी बैंकले १ अर्ब ४८ करोड ३२ लाख र प्रभु बैंकले १ अर्ब २३ करोड १० लाख ६० हजार रूपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, समीक्षा अवधिमा स्टन्डर्ड चाटर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख १० हजार, कुमारी बैंकले १ अर्ब ५९ करोड ४ लाख ९० हजार र नेपाल एसबीआई बैंकले १ अर्ब सात लाख १० हजार रूपैयाँ नाफा कमाएका छन् । समीक्षा अवधिमा अन्य वाणिज्य बैंकको नाफा भने एक अर्ब भन्दा कम रहेको तथ्यांकले देखाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise