काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको पाइएको छ । सिसिटिभी फुटेजमा चौधरीले पिर्काले हानेर कार्कीकी श्रीमती मुना कार्कीकाे हत्या गरेको पाइएको हो ।
घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । मुनाको हत्यापछि चौधरीले झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
बिहान १० बजेर १० मिनेटमा युवकले मुनालाई डोरी घाँटीमा लगाएर लडाएको र त्यसपछि पिर्काले प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले बताएको छ । हत्याको कारण भने खुल्न सकेको छैन ।
घटनास्थलबाट प्रहरीले भाँचिएको अवस्थामा प्लाष्टिकको पिर्कासमेत बरामद गरेको थियो । त्यस्तै प्रहरीले घरभित्र नै लिभिङ रुममा विजय चौधरीको नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies