काठमाडौं : कतारस्थित नेपाली दूतावासले स्क्यानर खरीद गरेको समाचार सुनेपछि काठमाडौंमा खुसीयाली छाएको छ । वैदेशिक रोजगार विभागले गत पुस १६ बाट वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको औपचारिक शुरुवात गर्दै विदेशस्थित नेपाली नियोगहरूबाट प्रणालीमा रहेको एटेस्टेसन मोडलबाट प्रमाणीकरण गरिएका डिमाण्ड पठाउनुपर्ने व्यवस्था गरेको छ ।
तर कतारस्थित नेपाली नियोगले स्क्यानर नभएको भन्दै प्रमाणीकरण गरेका डिमाण्ड प्रणालीमा अपलोड गरेको थिएन । त्यसबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघले निरन्तर आवाज उठाउँदै आएको थियो । प्रणाली लागू भएको करिव ४५ दिनपछि बुधबार दूतावासले स्क्यानर खरीद गरेको हो । स्क्यानर खरिद सामान्य विषय भए पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागमा स्क्यानरको समाचार चर्चाको विषय बनेको थियो ।
निजी क्षेत्रमा व्यवसायीले एकाध घण्टामै खरीद गरेर प्रयोगमा ल्याउने स्क्यानर खरीद गर्न सरकारी निकायलाई ४५ दिन लागेपछि कतिपयले नेपाली प्रशासनभित्रको खरिद प्रक्रियाको जटिलता भन्दै व्यंग्यसमेत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies