काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ३-० ले हराउँदै लिगको सुखद अन्त्य गरेको छ । आज विहान एन्फा खेल मैदान सातदोवाटोमा भएको खेलमा पुलिसका लागि तीनै गोल नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर जुमानु राईले गरे ।
जितसँगै पुलिस २० अंकका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेल भने छैटौ स्थानमा झरेको छ । फ्रेन्ड्स क्लबले भने १४ अंकका साथ १० औं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । लिग अन्तर्गत आज दिउँसो पहिलो खेलमा एपिएफ र ब्रिगेड ब्वाइज तथा अर्को खेलमा सरस्वती र संकटा क्लब प्रतिस्पर्धा गर्दैछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies