काठमाडौं : कैलाश विकास बैंक लिमिटेडले पोखरा म.न.पा. वडा नं. १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टविन वितरण गरेको छ । वातावरणलाई सफा र स्वच्छ राख्नका लागि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रदान गरेकोबैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
फागुन १ गते बिहीबार एक कार्यक्रमका बीच बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । टोल विकास संस्थाका अध्यक्षले बैंकले गरेको सहयोगको प्रसंशा गर्दै टोललाई सफाराख्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकले हाल सम्म देशमा १०२ ओटा शाखा र ४१ ओटा एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । उक्त बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंकसंग एक्विजिसन भई “क” वर्गको बैंक बाटबैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies