एजेन्सी : जापानमा कोरोना भाइरसबाट सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । टोकियोको सीमा नजिकै कि ८० वर्षीया वृद्धाको मृत्यु भएको जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
निमोनियाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएकी उनमा पछि मात्रै कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो । चीन बाहिर कोरोनाको संक्रमणवाट मृत्यु हुने जापानी महिला तेस्रो ब्यक्ति हुन । यसअघि हङकङ र सिंगापुरमा एक–एक जनाको मृत्यु भएको थियो ।
जापानमा दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको संक्रमण देखिएको छ । उनीहरुवाट अन्य व्यक्तिमा पनि सङ्क्रमण भएको हुनसक्ने आशंका गरिएको छ । जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश बनेको छ । जापानमा अहिलेसम्म दुई सय ५१ वटा सङ्क्रमणको घटना सार्वजनिक भएका छन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies