काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम स्थगित भएको छ । संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको हो ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा सम्बोधन शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको संसद बैठकले उपाध्यायप्रति शोक प्रस्ताव पारित गरेर बाँकी कार्यसूची स्थगित गर्ने कार्यसूचि तय भएको छ । यसअघि प्रधानमन्त्री ओलीले सरकारका दुई बर्षका कामकारबाही समेटेर आज सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies