काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसाशित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन । राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षीत विद्यार्थीहरुलाई आज ललिपुरमा दर्ज्यानी चिन्ह प्रदान गदैं उनले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताएका हुन् ।
उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रित गर्न आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फि व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्न कटिबद्ध रहेको समेत बताए ।
प्रधानमन्त्री ओलीले युवाहरु युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुटन सुझाव समेत दिए । राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्रीले दलको सुद्दृढीकरण र जनस्तरसम्म पुर्याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तलिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थीहरु सहभागी रहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies