काठमाडाैं : ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको कारण लिखित रुपमा पेश गर्न भनेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलाशले मुद्दा दायर नगर्नुको कारण १५ दिनभित्र लिखित रुपमा जानकारी दिन भनेको हो ।
अख्तियारले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपाललाई भने मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै सफाइ दिएको थियो ।
शुक्रवार सुनुवाईका लागि प्रधानन्यायाधीश राणाले आफ्नै इजलाशमा पेशी तोकेका थिए । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies